२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

shivam cement
सुवास लामिछाने
२०८२ मंसिर ६ गते २१:२७
Shares
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन : चितवनको माडी नगरपालिका–१ गर्दीमा शनिबार बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएपछि दुर्घटना भएको हो । 

दुर्घटनामा माडी नगरपालिका–१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

ठक्कर दिएको बस अनियन्त्रित भइ खेतमा खस्दा बसमा सवार दुई जना घाइते भएका छन् । घाइते दुबै जनाको बघौडा अस्पतालमा उपचार हुँदैछ भने उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

ADV

सम्बन्धित खबर