२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

चन्द्रनिगाहपुरबाट अत्याधुनिक हतियारसहित युवक पक्राउ

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ मंसिर ६ गते २१:३१
Shares
चन्द्रनिगाहपुरबाट अत्याधुनिक हतियारसहित युवक पक्राउ

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका–४, देउराली चोकबाट सशस्त्र प्रहरी बल नेपालले अत्याधुनिक हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा मेड इन इटाली लेखिएको पेस्तोलसहित विभिन्न हतियार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोबाट प्राप्त गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी रौतहटको टोलीले शनिबार साँझ देउराली चोकमा पैदल हिँडिरहेका एक युवकलाई रोक्दै खोजतलासी गरेको थियो । पक्राउ परेका युवक मकवानपुर हेटौंडा उप–महानगरपालिका–१३, पदमपोखरीका २२ वर्षीय सुमन आचार्य रहेको सशस्त्र प्रहरीले पुष्टि गरेको छ ।

आचार्यको शरीर र साथसामानमा गरिएको विस्तृत चेकजाँचपछि दुईवटा पेस्तोल, दुईवटा म्याग्जिन, १३ थान गोली र एक थान खुकुरी बरामद गरिएको प्रहरीको भनाइ छ । बरामद भएको हतियारमध्ये मेड इन इटाली लेखिएको द्यभचभततब पेस्तोल र ब्राउनिङ पेस्तोल अत्याधुनिक प्रकारका रहेको बताइएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार यति ठूलो मात्रामा हतियारसहित व्यक्ति सार्वजनिक स्थानबाटै पक्राउ पर्नुले यसको स्रोत, उद्देश्य र सम्भावित आपराधिक गतिविधिबारे गम्भीर आशंका उत्पन्न भएको छ ।

पक्राउ परेका आचार्यलाई बरामद हतियारसहित आवश्यक कानुनी प्रक्रिया र अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले हतियार तस्करी, ओसारपसार वा कुनै अपराध समूहसँगको संलग्नताको कोणबाट घटनाको विस्तृत अनुसन्धान अघि बढाउने भएको छ ।

देउराली चोकजस्तो व्यस्त स्थानबाटै यस्तो अवैध हतियार बरामद हुनु जिल्ला सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउने घटना भएको स्थानीयले बताएका छन् । घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर