
भोजपुर : श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक रहेको बतएका छन् ।
स्थानीय टुँडिखेलमा आज (आइतबार, मंसिर ७) आयोजित कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले श्रमबिना परिवर्तन सम्भव नभएकाले सबै शक्ति मिल्न जरुरी रहेको धारणा राखे । देशको जनशक्ति नै युवाशक्ति भएकाले युवाको सही प्रयोग हुन आवश्यक रहेकामा उनले जोड दिए ।
‘युवाले आफूहरु कसरी र कोबाट परिचालन भइरहेका छाँै भन्ने बुझन आवश्यक छ,’ अध्यक्ष साम्पाङले भने । युवाले अब श्रम गरेर पसिना बगाउन आवश्यक रहेको उनको भनाइ थियो । अध्यक्ष साम्पाङले अबका दिनमा सबै सच्चिन आवश्यक रहेको बताए ।