२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

पूर्वमन्त्री किरातीले गरे पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बहिष्कार

ADV
मध्यान्ह
२०८१ साउन १० गते १५:०१
पूर्वमन्त्री किरातीले गरे पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बहिष्कार

काठमाडौँ : पूर्वमन्त्री सुदन किरातीले बिहीबार बसेको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बहिष्कार गरेका छन् । समितिका सभापति राजकिशोर यादवबिच भनाभन भएपछि किरातीले बैठक बहिष्कार गरेका हुन् । 

पूर्वमन्त्री किराँती नेपालको हवाई सुरक्षा र कोरिया जाने नेपाली कामदारको विषयमा फ्लाइटको एकाधिकारको मुद्दामा केन्द्रित भएर बोल्दै थिए । त्यतिबेला सभापतिले टेक्निकलमा केन्द्रित हुन आग्रह गर्दै भनाइ छोट्याउन आग्रह गरेका थिए । ‘माननीयज्यू विषयवस्तुमा केन्द्रित हुँदै टेक्निकल पक्षमा विचार राख्न र समय छोट्याउन आग्रह गर्दछु, ’सभापति यादवले आग्रह गरेका थिए ।

यसलगत्तै आक्रोशित भएका पूर्वमन्त्री किरातीले आफू विषयवस्तुमा नै केन्द्रित भएर भनाइ राख्दै गरेको बताए । ‘सभापतिज्यू म त कुनै टेक्निसियन होइन नि, कुनै जहाज चलाउने पाइलट पनि होइन । फेरि म कसरी टेक्निकल विषयमा बोल्न सक्छु ?, ’उनले प्रश्न गर्दै भने, ‘म त राजनीतिक प्राणी हो नीतिगत पक्षमा बोल्ने हो ।’ यति भनेर किराती बैठक छोडेर निस्किएका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise