२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

वैदेशिक रोजगारीमा जान छनोट नहुँदै राहदानी लिने म्यानपावरलाई कारबाही गर्ने विभागको चेतावनी

shivam cement
२०८१ साउन १० गते १५:११
Shares
वैदेशिक रोजगारीमा जान छनोट नहुँदै राहदानी लिने म्यानपावरलाई कारबाही गर्ने विभागको चेतावनी

काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जान छनोट नहुँदै राहदानी लिने म्यानपावर कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनोट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्ने जस्ता कार्य गरे कारबाही गर्ने चेतावनी दिएको हो ।

त्यस्ता खालका गुनासाहरू विभागमा समेत आउने गरेको भन्दै वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । 

विभागले वैदेशिक रोजगारीका लागि विज्ञापनमा उल्लेख गरिएअनुसारको मिति र समयमा अन्तर्वार्ता लिन पनि भनेको छ । तोकेको मितिमा अन्तर्वार्ता नगराउने र सार्ने तथा उक्त समयमा आवेदक जाँदा कार्यालय बन्द समेत हुने गरेको गुनासो विभागमा आएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरूले समेत तोकिएको मापदण्ड बमोजिम तालिम प्रदान नगरेको गुनासो विभागमा पुग्ने गरेको तथा विभागबाट अनुगमन गर्दा समेत त्यस प्रकारको अवस्था भेटिएकाले ‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६’ बमोजिम अनिवार्य तोकिएको मापदण्ड बमोजिम तालिम प्रदान गरेर मात्र प्रमाणपत्र उपलब्ध गराउन विभागले सचेत गराएको छ ।

ताजा खबर

सम्बन्धित खबर