
सुर्खेत : सुर्खेतमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिका-५ बस्ने ४० वर्षीय महेन्द्र अर्याल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
सुर्खेतको पञ्चपुरी नगरपालिका-५ स्थित सरस्वती विद्या निकेतन इङ्लिस बोर्डिङ स्कुल बाबियाचौर सुर्खेतको होस्टलमा बालिकालाई जबरजस्ती करणी गरेरे फरार भएको अवस्थामा अर्याललाई पञ्चपुरी नगरपालिका-१ बाचकाँडाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । अर्याल सोही होस्टलका सञ्चालक हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक बुढथापाले जानकारी दिए ।