
सुर्खेतः सुर्खेतमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका–५ बस्ने ४० वर्षीय महेन्द्र अर्याल रहेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उलाई पञ्चपुरी नगरपालिका–१ बाचकाडाबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।