२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

बेचन झालाई थुनामै राख्न आदेश 

ADV
मध्यान्ह
२०८१ साउन १० गते १५:५४
बेचन झालाई थुनामै राख्न आदेश 

काठमाडौँ : बेचन झालाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि अनुसन्धानका लागि थुनामा रहेका उनलाई सर्वोच्चले रिहा हुने अनुमति दिएन । 

न्यायाधीश न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदन अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो ।

सर्वोच्चले जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखेको देखिएको भन्दै सर्वोच्चले उक्त निर्णय सदर गरेपछि उनी थुनामै रहने भएका छन् । 

जिल्ला अदालत काठमाडौँले संगठित अपराधमा अनुसन्धानका लागि पटक पटक म्याद थप गरेर थुनामा राखेपछि झाका तर्फबाट छोरा दिब्यान्सु शेखर झाले २०८१ असार ३० गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।  


 

ADVADV

सम्बन्धित खबर

Advertise