२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

कर्णाली प्रदेशमा विशेष अभियान चलाउने रास्वपाको निर्णय

ADV
मध्यान्ह
२०८१ साउन १० गते १६:४९
कर्णाली प्रदेशमा विशेष अभियान चलाउने रास्वपाको निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशमा विशेष अभियान चलाउने भएको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । अभियानको नेतृत्व पार्टीका सहमहामन्त्री विपिन आचार्यले गर्ने छन् ।

कर्णाली प्रदेशमा पार्टी कमिटीहरुको पुनर्संरचना भइरहेकाले विशेष अभियान चलाउने निर्णय भएको झाले जानकारी दिए । आगामी भदौ दोस्रो साताबाट अभियान चलाउने तयारी रहेको उनले बताए ।

बैठकले पार्टीको विधान परिमार्जनका लागि कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदललाई ९० दिनको समय दिइएको छ ।

बैठकले पार्टीको सम्बन्धमा सार्वजनिक बहसमा आएका विषयमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको कार्यबाहक प्रवक्ता झाले जानकारी दिए ।

कार्यबाहक प्रवक्ता झाले बैठकमा राजनीतिक समीकरण परिवर्तनपछि नेताहरुमाथि भइरहेका व्यक्तिगत प्रहार र अभियोगको विषय कसरी सामना गर्ने भन्ने विषयमा समेत छलफल भएको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise