
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जसपाको राजेन्द्र कुमार श्रेष्ठ समूहबिच बिहीबार एकता घोषणा भएको छ ।
राजधानीको राष्ट्रिय सभा गृहमा एक कार्यक्रमकाबिच एकता घोषणा गरिएको हो । सो अवसरमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षर समेत गरियो । १० बुँदे सहमतिमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने र संविधान संशोधनमार्फत शासकीय स्वरूप परिवर्तन गर्ने विषय उल्लेख छ ।
एसिड पीडित मुस्कान खातुन पनि नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन् । उनी महिला हिंसाविरुद्धको अभियन्ता तथा जेनजी अगुवा हुन् ।
पार्टीले उनलाई केन्द्रीय समिति सदस्य बनाउने निर्णय गरेको छ । पार्टीका सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने निर्णय भएको बताए ।
वीरगञ्ज निवासी खातुन २०७६ साल भदौमा एसिड आक्रमणमा परेकी थिइन् ।