२०८२ मंसिर १२ गते शुक्रवार / Nov 28 , 2025 , Friday
२०८२ मंसिर १२ गते शुक्रवार
Ads

जन्मदिनमा आयोगका अध्यक्ष धितालले रोपे वृक्ष

shivam cement
२०८२ मंसिर ११ गते २१:५०
Shares
जन्मदिनमा आयोगका अध्यक्ष धितालले रोपे वृक्ष

सिन्धुपाल्चोक : विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले आफ्नो जन्मदिनमा बृक्ष रोपेर समाजमा सत्कर्मको सन्देश दिएका छन् ।  समाजमा जन्मदिन मनाउने प्रचलन भड्किलो र खर्चिलो हुँदै गएकोले यसलाई न्यूनीकरण गर्दै सत्कर्ममा जोड्ने उद्देश्यका साथ रौतहटबाट सुरु भएको ‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ अभियानको समर्थन स्वरूप धितालले आफ्नै गृह जिल्ला थानमारे डाँडामा बृक्ष रोपेर जन्मदिन मनाएका हुन् । 

यो अभियानबाट नेपालमा पहिलो जन्मोत्सव पार्क निर्माणाधीन रहेको छ, भने दोस्रो काभ्रेको धुलिखेल नगरपालिकको १० नम्बर वडामा निर्माणाधीन छ । सिन्धुपाल्चोकको थानमारे डाँडामा पनि बृक्ष रोपेर तेस्रो जन्मोत्सव पार्कको सुरुवात गरिएको हो । 

अध्यक्ष धितालले बिहीबार आफ्नो जन्मदिनमा केही बेन्चहरु प्रदान गर्दै ९२ वर्षीया स्थानीय देवकी सिग्देल आमाबाट आशिर्वाद लिँदै बृक्ष रोपेका थिए । उनले भने, ‘आफ्नो जन्मदिन आफू जन्मेको माटोसँग साक्षात्कार गर्दै स्थानीय दाजुभाइ, दिदीबहिनी र आमाबाबुको साथमा प्रकृतिसँग जोडिएर मनाउँदा बेग्लै अनुभूति भएको छ । अबबाट मेरो जन्मदिन यसै जन्मोत्सव पार्कमै मनाउने प्रतिबद्धता रहेको छ र जिल्लाभरका सबैलाई यस्ता सत्कर्ममा जोडिन आग्रह गर्दछु ।’

कार्यक्रममा सागागढी नपा १४ का वडाध्यक्ष उद्धव नेपाल, पत्रकार नेत्र बहादुर बस्नेत, अभियानका राष्ट्रिय संयोजक गोविन्दप्रसाद चौलागाईं, जिल्ला वन अधिकृत लगायतको उपस्थिति रहेको थियो । 

ADV

सम्बन्धित खबर