२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

विभागद्वारा केही म्यानपावर र ओरिएनटेशन संस्थाहरुलाई कारबाही गर्ने चेतावनी

ADV
२०८१ साउन ११ गते ०६:४०
विभागद्वारा केही म्यानपावर र ओरिएनटेशन संस्थाहरुलाई कारबाही गर्ने चेतावनी

काठमाडौं : वैदेशिक रोजगार विभागले केही म्यानपावर कम्पनी र अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले वैदेशिक रोजगारामा पठाउनुअघि अनियमितता गरेको भन्दै सुधार नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएको हो । विभागले केही म्यानपावर कम्पनीले वैदेशिक रोजगारमा जान वैदेशिक रोजगार ऐन र नियमावलीले तोकेको प्रक्रिया विपरीत कामदार अन्तर्वार्तामा छनोट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारमा नपठाउने र राहदानी फिर्ता माग्दा मोलमोलाइ गरेर रकम माग गर्ने गरिएको व्यापकरूपमा गुनासो र उजुरी परेको बताएको छ ।

विभागले ऐन र नियमावली विपरीत काम नगर्न आग्रह गर्दै अन्यथा कडा कारबाही गरिने बताएको छ । विभागले कुन–कुन म्यानपावर कम्पनीबाट कामदारको राहदानी राखी फिर्ता माग गर्दा रकम माग गरिएको भन्ने खुलाएको छैन ।

त्यसैगरी विभागले वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगार नियमावली २०६४ को नियमावली बमोजिम प्रकाशित अन्तर्वार्तासम्बन्धी विज्ञापनमा उल्लेख गरेको मिति र समयमा अन्तर्वार्ता नगराउने, बिना कारण समय सार्ने र अन्तर्वार्ताका लागि तोकिएको मितिमा म्यानपावर कम्पनी नै बन्द गर्ने गरेको जनगुनासा व्यापकरूपमा आएको बताएको छ । तोकिएको मितिमा निष्पक्षरूपमा कामदार छनोटका लागि अन्तर्वार्ता लिन पनि विभागले निर्देशन दिएको छ । 

त्यसैगरी विभागले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्यरूपमा लिनुपर्ने तालिममा पनि अनियमिता देखिएको बताएको छ । अभिमुखीकरण संस्थाले तोकिएको मापदण्डअनुसार तालिम प्रदान नगरेको गुनासो बढेको भन्दै विभागले उजुरी र गुनासोअनुसारको अनुगमन गर्दा केही संस्थाहरूले मापदण्डअनुसार नगरेको पाइएको बताएको छ ।

अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ बमोजिम वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई अनिवार्यरूपमा तोकिएको मापदण्डअनुसार तालिम प्रदान गरेरमात्र प्रमाणपत्र उपलब्ध गराउन निर्देशन दिँदै विभागले अन्यथा नियमानुसार कारबाही गरिने चेतावनी दिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise