२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

धारिलो हतियार प्रहार गर्दा श्रीमती गम्भीर घाइते

shivam cement
प्रचण्ड खत्री
२०८२ मंसिर १३ गते २०:४०
Shares
धारिलो हतियार प्रहार गर्दा श्रीमती गम्भीर घाइते

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्मामा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छन् । 

विकास सार्कीले आफ्नै श्रीमती राधा सार्कीको घाँटीमा धारिलो हतियार प्रहार गरेका हुन् । राधाको जिल्लास्थित सल्ले अस्पतालमा उपचार भइरहेको छ । परिवारका अनुसार चार दिन बितिसक्दा पनि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पीडित युवतीकी बुबा दत्ते सार्कीका अनुसार विवाहित छोरी कक्षा १० मा अध्ययनरत रहेकी छन् । दुई वर्षअघि प्रेम विवाहमार्फत राधा र विकास वैवाहिक जीवनमा बाँधिएका थिए । केही समयदेखि श्रीमान–श्रीमती भारतमा सँगै बस्दै आएका थिए । अब केही समयमा एसइई परीक्षा दिनुपर्ने भएकाले घरपरिवार र श्रीमान विकाससहित सबैको सल्लाहमा राधा परीक्षा तयारी गर्न आफ्नो माइती नेपाल आएको बताइएको छ ।

गत १० गते बुधबार राधा घर आएको चार दिन भएको थियो । सो दिन उनका बुबा दैनिक मजदुरीका लागि बाहिर गएका थिए भने आमा घाँस काट्न गएकी थिइन् । घरमा एक अपाङ्ग छोरा र छोरी मात्रै रहेका थिए । दिउँसोको समयमा एकाएक विकास भारतबाट घर आइपुगे र अपाङ्ग छोरालाई बाहिर धकेलेर अचानक राधामाथि धारिलो हतियार प्रहार गरेका थिए ।

घटनास्थल नजिकै रहेका दुई स्थानीय महिलाले घटना देखेपछि बाहिर आएको थियो । छिमेकीले तत्काल हस्तक्षेप गरेपछि राधाको ज्यान जोगिएको भएपनि उनको अवस्था अहिले पनि अत्यन्त गम्भीर छ ।

सम्बन्धित खबर