२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

सञ्चारकर्मी आचार्यको मृत्युपछि आफन्तद्वारा प्रदर्शन

shivam cement
२०८२ मंसिर १३ गते २०:४४
Shares
सञ्चारकर्मी आचार्यको मृत्युपछि आफन्तद्वारा प्रदर्शन

सुर्खेत : प्रेस सेन्टर नेपाल कालिकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर सञ्चारकर्मी वीरेन्द्र आचार्यको सडक दुर्घटनामा मृत्यु भएपछि उनका आफन्तहरूले घटनाको सत्य तथ्य छानबिनको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ नम्बर वडा कार्यालय अगाडि शुक्रबार साँझ भएको दुर्घटनामा आचार्य सवार लुम्बिनी प्रदेश ३६ प ३८८६ नम्बरको स्कुटीलाई कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिदा उनको मृत्यु भएपछि उनका आफन्त सहित कालीकोटका स्थानीयहरूले शनिबार बिहानदेखि वीरेन्द्रनगरको यरी चोक, मुलपानी चोकमा टायर जलाएर प्रदर्शन गरिरहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रदर्शनकारीहरुले शान्तिपूर्ण प्रदर्शन गर्ने भने पनि अहिले वीरेन्द्रनगर पूर्ण रूपमा तनावग्रस्त बनेको छ । प्रदर्शनकरीहरूले यरिचोकको चारैतिर डोरी लगाई सवारीआवतजावत पूर्ण रूपमा निषेध गरेका छन् । शुक्रबार राति वीरेन्द्रनगरको मुलपानीबाट भुरेली तर्फ जाँदै गरेका २३ वर्षीय यामबहादुर शाहीले चलाएको मोटरसाइकल र ३४ वर्षीय आचार्यले चलाएको स्कुटी एकआपसमा ठोक्किँदा दुवै घाइते भएका थिए ।

गम्भीर घाइते भएका सञ्चारकर्मी आचार्यको उपचारका क्रममा प्रदेश अस्पतालमा निधन भएको र मोटरसाइकल चालक शाहीको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर