२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

कोशी सरकारबाट बाहिरिँदै माओवादी, आजै राजीनामा दिने तयारीमा मन्त्रीहरू 

ADV
मध्यान्ह
२०८१ साउन ११ गते ११:१९
कोशी सरकारबाट बाहिरिँदै माओवादी, आजै राजीनामा दिने तयारीमा मन्त्रीहरू 

काठमाडौँ : कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी) केन्द्र बाहिरिने भएको छ । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै कोशी प्रदेशबाट माओवादीले बाहिरिने तयारी गरेको हो ।

कोशी प्रदेशमा एक जना राज्यमन्त्रीसहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्री, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री, वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री रहेका छन् ।

संविधानको धारा १६८(५) अन्तरगत एमालेका ३९ र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा हिक्मत कुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

केन्द्रीय गठबन्धन अनुसारको नयाँ सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ । केन्द्रमा प्रतिपक्षमा पुगे पनि कोशी प्रदेश सरकारबाट भने मुख्यमन्त्रीकै आग्रहमा माओवादीले  राजीनामा दिएको थिएन ।

 

ADVADV

सम्बन्धित खबर

Advertise