२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले महाधिवेशन प्रतिनिधिमा सांसद र उपमेयर पराजित

shivam cement
२०८२ मंसिर १४ गते १६:११
Shares
एमाले महाधिवेशन प्रतिनिधिमा सांसद र उपमेयर पराजित

काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशन प्रतिनिधि छनोटमा लुम्बिनी प्रदेश सभा सदस्य रामजी घिमिरे पराजित भएका छन् । अर्घाखाँचीबाट पीताम्बर भुसाल, वसन्त श्रेष्ठ, रेशम थापा, शम्भुप्रसाद पोखरेल, तेजप्रसाद खनाल र कमलप्रसाद खनाल विजयी भएका छन् । 

महिला खुलातर्फ दीपा आचार्य, विष्णुमाया आचार्य, लक्ष्मी गौतम र सुषमा श्रेष्ठले जितेका छन् । युवातर्फ तेजबहादुर रायमाझी र दलिततर्फ लिलबहादुर बिक तथा आशा परियार निर्विरोध छनोट भएका छन् । 

कर्णाली प्रदेश सांसद तुलसा मल्ल र कोशी प्रदेशका सांसद रमेशकुमार बस्नेत तथा विजयकुमार राई पनि प्रतिनिधिमा चयन हुन सकेनन् । धनगढी उपमहानगरकी उपमेयर कन्दकलाकुमारी राना पनि कैलाली–५ मा पराजित भइन् । सो क्षेत्रमा अम्बिका विष्ट र रुकमणि देवकोटा चुनिएका छन् । 

एमाले महाधिवेशन यहीँ मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुनेछ । 
 

सम्बन्धित खबर