२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

कुवेतमा कार्यरत हाउसमेडलाई सेवा परिवर्तन गर्ने अवसर

ADV
मध्यान्ह
२०८१ साउन ११ गते ११:२६
कुवेतमा कार्यरत हाउसमेडलाई सेवा परिवर्तन गर्ने अवसर

काठमाडौं : कुवेतले आन्तरिक श्रम बजारकाे अभावलाई पूर्ति गर्न घरेलु कामदार (हाउसमेड)लाई औपचारिक क्षेत्रमा स्थानान्तरण गर्न पाउने नीति लिएको छ । गत आइतबारदेखि उक्त स्थानान्तरण गर्न दिने निर्णय कार्यान्वयन भएको कुवेतका समाचारमाध्यमले बताएका छन् ।

यसबाट घरेलु काम गरिरहेका याेग्य विदेशी कामदारलाई औपचारिक क्षेत्रमा जान सजिलो हुनेछ । नेपालबाट पनि पुगेका ठूलो संख्याका महिला कामदार याे निर्णयबाट लाभान्वित हुनसक्ने अपेक्षा गरिएको छ । याे निर्णयकाे दुई महिनासम्म अवधि रहने छ । उक्त निर्णयले विदेशबाट कामदार ल्याउनुपर्ने बाध्यता हटेर कुवेतमै रहेका घरेलु कामदार प्रयोग गर्न पाउने कुवेतका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यस अवधिमा ३ सय बढीले राेजगारकाे क्षेत्र परिवर्तन गरिसकेको बताइएकाे छ ।

घरेलु कामदारलाई औपचािरक क्षेत्रमा लैजान केही शर्त भने राखिएको छ । त्यसका लागि हालकाे राेजगारदाता (स्पाेन्सर)ले सहमति दिनुपर्नेछ । त्यस्ताे कामदारले कम्तीमा एक वर्ष हालकाे राेजगारदाताकहाँ काम गरेको हुनुपर्नेछ भने सेवा परिवर्तनका लागि सरकारलाई ५० दिनार र पुरानो राेजगारदातालाई वार्षिक दश दिनार शुल्क  बुझाउन पर्नेछ ।

एक अनुमानका अनुसार घरेलु कामदारलाई निजी क्षेत्रमा सरुवा गर्ने निर्णयले कतिपय आयोजना सम्पन्न गर्न आवश्यक पर्ने कामदारको व्यवस्था हुँदा निजी क्षेत्रलाई टेवा पुग्ने छ ।

यसैबीच जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (पाम)ले कुवेतमा रहेका सबै प्रवासी कामदारहरूको अधिकार सुनिश्चित गर्न प्राधिकरणले सबै प्रक्रियाहरूको समीक्षा गर्न खोजेको बताएको छ । ‘टुगेदर ४’ नाम दिइएकाे आयोजनामा नागरिक समाजका संस्था र जनहितका संघसंस्थाहरुसँगको सहकार्यलाई सुदृढ गर्ने र उनीहरुबीचको सहकार्यलाई संस्थागत गर्ने उद्देश्यका राखिएको प्राधिकरणले बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise