
काठमाडौंः काठमाडौं महानगरपालिका–६ तिनचुलीबाट स्रोत नखुलेको नगद १८ लाख १६ हजार ५ सय रूपैयाँसहित एक जना पक्राउ परेकाअ छन् ।
पक्राउ पर्नेमा सोही महानगरपालिका–६ आरूबारी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका–१ घर भएका १९ वर्षीय दावा शेर्पा रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।