२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

रुकुम पश्चिममा प्रहरीद्वारा सचेतना कार्यक्रम

shivam cement
प्रचण्ड खत्री
२०८२ मंसिर १५ गते १६:०३
Shares
रुकुम पश्चिममा प्रहरीद्वारा सचेतना कार्यक्रम

रुकुम पश्चिम : लैंगिक हिंसाविरुद्धको ‘१६ दिने अभियान’को अवसरमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । यही क्रममा सोमबार मुसिकोट नगरपालिकास्थित श्री त्रिभुवन जनता मा.वि.मा प्रहरी टोलीले विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा प्रहरी निरीक्षक तथा सूचना अधिकारी हरि प्रसाद पुनले विद्यार्थीहरूलाई लागुऔषध दुरुपयोगका जोखिम, त्यसबाट उत्पन्न दीर्घकालीन सामाजिक र स्वास्थ्य असर तथा आत्महत्या न्यूनीकरणका उपायबारे विस्तृत प्रशिक्षण दिए ।

हाल रुकुम पश्चिममा १६ वर्षमुनिका धेरै बालबालिका दुर्ब्यसनतर्फ आकर्षित भइरहेका छन् । स्कुले उमेरमै लागुऔषध सेवन गर्नेको संख्या वृद्धि भएपछि प्रत्येक विद्यालयमा पुगेर सचेतना अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर