२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

टीआरसी कार्यदलको बैठक : सोमबार सरोकारवालाहरूसँग थप छलफल गर्ने 

ADV
मध्यान्ह
२०८१ साउन ११ गते १२:३३
टीआरसी कार्यदलको बैठक : सोमबार सरोकारवालाहरूसँग थप छलफल गर्ने 

काठमाडौँ : संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्णय गर्नुअघि सोमबार सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको हो । 

कांग्रेस, एमाले र माओवादीका एकएक नेता रहेको कार्यदलको आज बसेको बैठकले कानुनमन्त्री र सचिव, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिवलगायतका सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।

सोमबार कानुन सचिव, आयोगका सचिव, महान्यायाधिवक्ता, कानुन मन्त्री लगायतको सहयोग लिएरमात्र निष्कर्षमा पुग्ने बैठकले निर्णय गरेको छ ।  

ADVADV

सम्बन्धित खबर

Advertise