२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

गेरुवामा महिलालाई व्यावसायिक योजना निर्माण तालिम

shivam cement
सन्तोष पौडेल
२०८२ मंसिर १६ गते २१:३०
Shares
गेरुवामा महिलालाई व्यावसायिक योजना निर्माण तालिम

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा उद्यमशील व्यवसायमा संलग्न युवा महिलालाई लक्षित गरी सञ्चालन गरिएको व्यवसायिक योजना निर्माण सम्बन्धी पुनर्ताजकीय तालिम सम्पन्न भएको छ । तालिम प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बाँकेको साझेदारीमा सञ्चालित बालविवाह न्यूनीकरण परियोजना अन्तर्गत आयोजना गरिएको हो । 

तालिममा बाल विवाह गरिसकेका तथा बाल विवाहको जोखिममा परेका १८ देखि २४ वर्ष उमेर समूहका १८ जना महिलाहरू सहभागी भएका थिए । उनीहरू सिलाई, कटाई, डेयर–कटिङ, ब्युटिसियन सेवा, बाख्रा तथा बंगुर पालन, पोल्ट्री फार्म जस्ता विभिन्न उद्यममा संलग्न छन् । 

वडा नं. ३ शान्तिबजारमा तीन दिनसम्म सञ्चालन गरिएको तालिम सहभागीको व्यवसाय व्यवस्थापन क्षमता, योजनाबद्ध रूपमा उद्यम सञ्चालन गर्ने सीप र बजार पहुँच वृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको थियो । 

परियोजनाका अनुसार, तालिमले युवा महिलालाई उद्यम थप प्रभावकारी बनाउन तथा आत्मनिर्भरता बढाउन सहयोग पुर्‍याउने अपेक्षा राखिएको छ । सहभागीहरूले सिकेका सीपलाई व्यवहारमा लागू गर्ने र आफ्नो व्यवसाय विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर