
कविता
– खिमराज गिरी
पीडाका पहाडमुनि लुकेका सपनाहरू उठाउँदै हिँड्छु म,
आगोले तातिएका मनहरूलाई शीतलता दिँदै डुल्दछु म,
नभनी घाम पानी सधैँ शीतल छहारी जस्तै रम्न खोज्ने म,
सदैव सत्य र न्यायको पक्षमा लड्न खोज्ने मातृभूमिको सिपाही म ।
देशको अस्तित्वको लागि कयौँ वीर योद्धाहरू मैदानमा लडे पनि,
आँधीजस्तै तुफानका वेगहरूमा क्षितिजमा पुग्ने कोसिस गरे पनि,
आखिर देशलाई विस्तारै परनिर्भरतामा धकेल्ने दुस्साहस भए पनि,
सत्यताको पर्खाल नतोडी अगाडि बढ्न खोज्ने मातृभूमिको सिपाही म ।
देशकै अस्तित्वको लागि कयौँ वीरहरूको कथा व्यथा रुमलिए पनि,
मुट्ठीभरका पहुँचवालाहरूको वर्चस्व कायम रहँदै आए पनि,
तर सेवा नै धर्म सम्झेर देशको सेवा खातिर
कठोर हृदयका साथ सधैँ लडिरहने मातृभूमिको सिपाही म ।
हजारौँ युवाका सुन्दर सपनाहरूमा आशाका किरणहरू छर्दै,
लाखौँ मानिसहरूको बास, रोजी र रोटीको अभिलाषा चिर्दै,
भविष्यले नयाँ बाटो देखाउँदै गर्दा तड्पनमा अड्किए पनि,
सदैव देश प्रेमको भावनाले अभिप्रेरित रहने मातृभूमिको सिपाही म ।
मातृभूमिको सिपाही म ।।
“म असिना । सन्तोष काकीकी नातिनी । दसौँ कक्षा पढ्दा हजुरकै घरमा आएको थिएँ ।”
उनको अनुहार उज्यालो भयो । “ए... त्यो असिना तिमी ? कति फरक भइछे ! आवाजले मात्र चिनेँ ।”
मैले चिन्तित हुँदै सोधेँ, “हजुरआमा, यहाँ एक्लै ? किन बसिरहनु भएको ?”
उनको स्वर अचानक गम्भीर र कमजोर भयो । “आँखा धमिलिन्छ नानी । डाक्टरले अपरेसन गर्नुपर्छ भने । तर साथ दिने कोही छैन । नाति भन्छ– एकछिनमा आउँछु । तीन घन्टा भयो । फोन पनि उठ्दैन ।”
उनी बोली–बोली थकानले हुरुक्क झुकेर गइन् ।
“शरीरले साथ दिँदैन, दाँत छैन, आँखा देखिँदैन... अनि त्यो नाति त जाँड, सुर्ती, गलत बाटोमा लागिरहन्छ । बाबु त काखमै मरेर गयो । अब यो बूढीलाई कसले हेर्छ ?”
म मौन भएँ । बजारको चहलपहल टाढा परेको जस्तो लाग्यो ।
मैले श्रीमान् आर्यनलाई फोन गरेर बोलाएँ । गाडी आयो । हामीले हजुरआमालाई हात समाएर बिठायौँ । गाडी चढेपछि उनी फेरि बोलिन्, “तिमीहरूसँग भेट्दा राम्रै लाग्यो । नत्र त म बस चढेर एक्लै फर्कँदा कतै लडपड गर्थेँ ।”
हामी बारा–मटियारवा तिर लाग्यौँ । बाटोभरि उनी कहिले बाहिर हेर्थिन्, कहिले सास फेर्न गाह्रो जस्तो गर्थिन् । सायद नातिलाई नै खोजिरहेकी ।
उनको घर पुगेपछि देखियो– फाटेको पर्खाल, झुकेको छाना, वरिपरि उम्रिएका झार । “सब बिग्रियो नानी । म हिँड्न छोडेपछि घर पनि विरानो भइदियो ।”, उनी फतफताइन् ।
त्यही बेला पछाडिबाट बाइक रोकियो । काला कुम्मलका, आँखामा ठूलो चस्मा, बेतरतीब कपाल भएको युवक । “आमा !”, उनी झर्कोका साथ अघि आए ।
उसको पछाडि अस्थिर नजर भएकी एक युवती पनि ओरालिएकी थिइन् ।
“आमा, यो सरिता हो । म बिहे गर्न लागेको,” युवकले भन्यो ।
रत्ना हजुरआमाको आँखामा झटपट उज्यालो पस्यो । “आओ मेरी छोरी... यस घरमा तिमीलाई नै कुर्थेँ म...।”
हामी बाटो लाग्यौँ । फर्कँदै गर्दा मलाई पनि खुशी लाग्यो– उनी अन्ततः सम्झन योग्य खुसी पाएकी जस्तो ।
तर भोलिपल्ट बिहानै अखबार हेरेँ । ‘३० वर्षीया युवती हराइन्’ शीर्षक । फोटो– उही राति भेटेकी सरिता । वर्णन– मानसिक सन्तुलन राम्रो नभएकी, घरबाट हिँडेर हराएकी ।
सारा शरीर चिसो भयो । अचानक अडिएको त्यो खुशी, त्यो मुस्कान, त्यो आशा–सबै भङ्ग भएको महसुस भयो ।
रत्ना हजुरआमाले अडेको ‘वंश बाँच्ने’ सपना काँचो धुवाँझैँ फेरि उडेर गएको थियो । जीवनले उनलाई दिएको त्यो क्षणिक उज्यालो केवल भ्रम भएको रहेछ ।
तर म भन्छु– शायद त्यो रात उनीले पाएको त्यही सानो आनन्द नै उनको जीवनको अन्तिम उपहार थियो ।
भीड–भाडको चौक अझै चलैरहेछ, तर मेरो मन भने आज पनि त्यही क्षणमा रोकिएको छ, जहाँ एक वृद्धाले ढुक्कसँग भनेकी थिइन्, “मलाई त अब आशा मात्र बाँकी छ, नानी ।”