अर्जुन बिष्ट/मध्यान्ह
रुकुम पश्चिम : आइतबार बिहान जाजरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ वर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली र सप्तरीका ४० वर्षीय गंगाराम यादव रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधु कुमार थापाले मध्यान्हलाई जानकारी दिए ।
रुकुम पश्चिमको राडिका लागि नेपालगञ्जबाट छुटेको ना६ख २७५७ नम्बरको बस जाजरकोटस्थित भेरी नगरपालिका–१३ कुदु बराहचौर नजिक बिहान २ बजेतिर दुर्घटना भएको हो ।
त्यस्तै दुर्घटनामा २९ जना घाइते छन् । घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको छ । घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको डीएसपी थापाले बताए । गम्भीर घाइतेहरुलाई हेलिकप्टरमार्फत नेपालगन्ज रेफर गरिने थापाले बताए ।
रातिको समयमा स्यालले बाटो काट्दा स्याललाई जोगाउने क्रममा दुर्घटना भएको बस चालकले बताएका छन् । चालक चित्र बहादुर देनारलाई प्रहरीले पक्राउ गरेको छ । उक्त बस सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाकबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies