२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

बहादुरगञ्ज आँखा उपचार तथा सर्जिकल सेन्टरको उद्घाटन

shivam cement
शहबाज खान
२०८२ मंसिर २० गते २१:४९
Shares
बहादुरगञ्ज आँखा उपचार तथा सर्जिकल सेन्टरको उद्घाटन


कपिलवस्तु : बहादुरगञ्ज आँखा उपचार तथा सर्जिकल सेन्टरको उद्घाट गरिएको छ । बहादुरगञ्ज आँखा उपचार केन्द्र कृष्णनगर बसपार्क नजिकै रहेको उक्त सेन्टरको शनिबार उद्घाटन गरिएको हो । 

छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको आयोजनामा बहादुरगञ्ज आँखा उपचार तथा सर्जिकल सेन्टरको उद्घाट गरिएको आयोजकले जनाएको छ । कृष्णनगरस्थित कृष्णनगर रिफरल सेन्टरलाई स्तरोन्नति गरी बहादुरगञ्ज आँखा उपचार तथा सर्जिकल सेन्टरको रूपमा उद्घाटन गरिएको छ । 

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको मातहत रहेको सेन्टरको उद्घाटन कार्यक्रमको संघ दाङ शाखाका सभापति तथा कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले अध्यक्षता गरेका थिए । 

त्यस्तै प्रमुख अतिथिको आसनग्रहण संविधान सभा सदस्य अभिषेक प्रताप शाहले गरेका थिए । सेन्टरको उद्घान भएसँगै सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो । शिविरमा प्राथमिक परीक्षणदेखि परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।

सर्जिकल सेन्टर सञ्चालनमा आएपछि कृष्णनगर क्षेत्रका नागरिकले नजिकैबाट प्रभावकारी आँखा उपचार तथा शल्यक्रिया सेवा पाउने अपेक्षा व्यक्त गरिएको छ।

सम्बन्धित खबर