२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

shivam cement
प्रचण्ड खत्री
२०८२ मंसिर २२ गते १८:५५
Shares
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाभरिका करिब दुई हजार विद्यार्थीलाई समाजसेवी राजु केसीले शैक्षिक सामग्री वितरण गरेका छन् । मुसिकोट नगरपालिका–१ निवासी केसीले आर्थिक रूपले विपन्न, टुहुरा, अपाङ्गता भएका र जेहेन्दार विद्यार्थीलाई प्राथमिकता दिँदै यो सहयोग गरेका हुन् ।

बाँफिकोट–४ मा रहेको श्री वीरेन्द्र माध्यमिक विद्यालयमा आयोजित विशेष कार्यक्रममा सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा गाउँपालिकाभरिका १० वटा माध्यमिक तह सञ्चालित विद्यालयका कक्षा ९, १०, ११ र १२ का सबै विद्यार्थीले सामग्री पाएका छन् भने बाँकी ४४ वटा आधारभूत तथा प्राथमिक विद्यालयबाट गरिब तथा जेहेन्दार विद्यार्थी छनोट गरी वितरण गरिएको नेपाल विद्यार्थी संघ बाँफिकोटले जनाएको छ ।

 कक्षा ३ सम्म १२ जना, कक्षा ५ सम्म सञ्चालन भएका विद्यालयबाट १८ जना र कक्षा ८ सम्म सञ्चालन भएका विद्यालयबाट २७ जना विद्यार्थी छनोट गरिएको थियो । हरेक विद्यालयबाट कक्षा अनुसार ३–३ जना विद्यार्थी छनोट गरिएको थियो । प्रधानाध्यापक वा शिक्षक प्रतिनिधिले विद्यालयको लेटरप्याडमै नामावली पठाएका थिए ।

माध्यमिक तहका विद्यार्थीहरू ड्रेस र राष्ट्रिय झण्डासहित शिक्षकको नेतृत्वमा कार्यक्रमस्थल पुगेका थिए भने यातायातको समेत निःशुल्क व्यवस्था गरिएको थियो ।

पढ्ने रहर भएर पनि आर्थिक अभावले पछाडि परेका विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुशी लागेको नेपाल विद्यार्थी संघका जिल्ला सचिव दीपेन्द्रराज कुसारीले बताए ।

यसअघि पनि विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका केसीको यो सहयोगले बाँफिकोटका हजारौं विद्यार्थी र अभिभावक खुशी भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर