२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

कपिलवस्तुको विजयनगरमा बृहत् रक्तदान, १ सय ४० जनाले दिए रगत

shivam cement
धर्मेन्द्रकुमार कुर्मी
२०८२ मंसिर २२ गते २०:४९
Shares
कपिलवस्तुको विजयनगरमा बृहत् रक्तदान, १ सय ४० जनाले दिए रगत

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिका-६ बद्धाैरमा रहेको विजयनगर आधारभूत अस्पतालमा साेमबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा १ सय ४० जना रक्तदाताले रगत दान गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीकाे आयाेजना, विजयनगर गाउँपालिकाकाे सहयोग र नेपाल रेडक्रस साेसाइटी बुटवलकाे प्राविधिक सहयोगमा बृहत् रक्तदान कार्यक्रम भएको हाे । राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीले यस वर्ष पनि दाेस्राे बृहत् रक्तदान कार्यक्रममार्फत उल्लेखनीय रगत संकलन गर्न सफल भएको छ ।

गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले संकलित रगतले रक्त अभावलाई सहयोग पुग्ने बताए । राष्ट्रिय युवा संघले प्रशंसनीय कार्य गरेकाे भन्दै उनले संघसहित रक्तदातालाई धन्यवाद व्यक्त गरे ।

यसैगरी राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीका अध्यक्ष ताैलेश्वर खटिकले युवाहरूले समाज सेवामा सक्रिय हुनुपर्छ भन्ने सन्देशसहित आम नागरिकमा सेवाभावकाे जागरूकता देखिएकाे बताउँदै रक्तदातालाई धन्यवाद दिए ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीका अध्यक्ष तिलक गिरीले रक्तदान कार्यक्रमले मानवताको भावना जागृत गर्नुका साथै समुदायभित्र सहयोग र एकता भावनाकाे विकासमा टेवा पुर्‍याउने बताए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी चाैधरी, ७ नं वडाका वडा अध्यक्ष दिनेश कुमार चाैधरी, ५ नं वडाका वडा अध्यक्ष अनवर माेहम्मद मुसलमान, समाजसेवी नेत्रराज अधिकारी, थर्क बहादुर खन्गाहा, गाेकर्ण प्रसाद सापकोटालगायतकाे सहभागिता थियो ।

ताजा खबर

सम्बन्धित खबर