२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

गुप्ता मेमोरियल ट्रस्टद्वारा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आइसियू बेड प्रदान

shivam cement
२०८२ मंसिर २३ गते १९:२४
Shares
गुप्ता मेमोरियल ट्रस्टद्वारा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आइसियू बेड प्रदान

भक्तपुर : रमेश गुप्ता मेमोरियल ट्रस्टले महालक्ष्मी डेभलपमेन्ट बैंकको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आइसियू बेड प्रदान गरेको छ । 

प्रदान गरिएका बेडले अस्पतालको बालक क्यान्सर उपचार क्षमतामा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ । ट्रस्टका अनुसार यो पहल नेपालमा बाल क्यान्सर उपचार सेवा अझ सुलभ र पहुँचयोग्य बनाउन सुरु गरिएको दीर्घकालीन प्रयासको हिस्सा हो । 

‘हाम्रो उद्देश्य नेपाली बालबालिकाहरूले गुणस्तरीय उपचार, आशा र जीवनयापनको उचित अवसर प्राप्त गर्न सक्ने ट्रस्टले बताएको छ । विश्वव्यापी साझेदार ध्यचमि ऋजष्मि ऋबलअभच को सहकार्यमा, ट्रस्टले सातै प्रदेशमा रहेका साझा उपचार केन्द्रहरूलाई उपकरण, क्षमता र आवश्यक सहयोग प्रदान गर्दै आएको छ । 

यी केन्द्रहरूले उपचारलाई विकेन्द्रीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । जसले गर्दा बालबालिकाले आफ्नो घर नजिकै सुरक्षित र समयमै उपचार पाउन सक्छन् । यसले लामो दूरीको यात्रा गर्दा हुने आर्थिक र मानसिक तनावलाई पनि कम गर्नेछ ।

रमेश गुप्ता मेमोरियल ट्रस्ट स्वास्थ्यकर्मी तालिम, जनचेतना अभिवृद्धि, दक्षता विकास र परिवारलाई आर्थिक तथा भावनात्मक सहयोग प्रदान गर्ने ३ सय ६० डिग्री दृष्टिकोणबाट बाल क्यान्सर उपचारको परिणाम सुधारमा सक्रिय छ । 

ट्रस्टले सहकार्य, लगानी र दीर्घकालीन दृष्टिकोणले नेपालमा हरेक बालबालिकाले गुणस्तरीय क्यान्सर उपचार पाउने अवसर सुनिश्चित गर्न मद्दत गर्ने दाबी गरेको छ । 

अस्पतालमा आइसियू बेडको संख्या १५ सम्म पुर्याइने बताइएको छ ।

सम्बन्धित खबर