२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

सञ्चारघर डटकमका सम्पादक सिंहलाई पितृशोक

shivam cement
२०८२ मंसिर २३ गते २२:०५
Shares
सञ्चारघर डटकमका सम्पादक सिंहलाई पितृशोक

काठमाडौं : नेपाल पत्रकार मञ्चका सदस्य तथा सञ्चारघर डटकमका सम्पादक सोमविक्रम सिंहलाई पितृशोक परेको छ । सिंहका पिता झलकबहादुर सिंहको ८५ वर्षको उमेरमा सोमबार निधन भएको हो । स्व. सिंह लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय रहँदै आएका थिए ।

उनको निधनप्रति नेपाल पत्रकार मञ्चले गहिरो शोक व्यक्त गरेको छ । मञ्चले सोमबार विज्ञप्ति जारी गरेर स्व. सिंहले पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

मञ्चका महासचिव राजु भण्डारीद्वारा जारी शोक विज्ञप्तिमा भनिएको छ, 'नेपाल पत्रकार मञ्चका सदस्य एवं सञ्चारघर डटकमका सम्पादक सोमविक्रम सिंहका पिता झलकबहादुर सिंहको ८५ वर्षको उमेरमा भएको असामयिक निधनले हामी स्तब्ध भएका छौं । उहाँले पर्यटन क्षेत्रमा पुर्‍याउनुभएको योगदानप्रति सम्मान व्यक्त गर्दै स्व. सिंहलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।'

ताजा खबर

सम्बन्धित खबर