२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

बागमती प्रदेश : चार मन्त्रीले लिए शपथ, १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त

ADV
मध्यान्ह
२०८१ साउन १२ गते १२:०१
बागमती प्रदेश : चार मन्त्रीले लिए शपथ, १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त

काठमाडौँ :  बागमती प्रदेशमा कांग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शनिबार हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

उनीहरूको शपथ पछि मन्त्रालयको कार्यभार समेत तोकिएको छ । बुधवार नियुक्त भएका ३ र बिहीबार नियुक्त भएका ४ जना गरी कांग्रेसका ७ मन्त्रीको जिम्मेवारी तोकिएको हो ।

मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्री हेरफेर गरेका छन । लामाले आफ्नै दल कांग्रेसका मन्त्रीहरूको जिम्मेवारी हेरफेरसँगै नयाँलाई जिम्मेवारी दिएर आज शपथ गराइएको हो ।

उनले सामाजिक विकास मन्त्रालयमा हरि प्रभा खड्गीलाई नियुक्त गरेका छन् । सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

बुधवार नियुक्त भएका कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने श्यामबहादुर खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाएका छन् । मदुकुमार श्रेष्ठको भने जिम्मेवारी पछि तोकिनेछ ।

प्रदेश सरकारले मन्त्रीमण्डलको संख्या पनि बढाइएको छ । मुख्यमन्त्रीसहित प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरिएको हो । प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरेपछि कांग्रेससँग एमाले असन्तुष्ट बनेको छ । ६ मन्त्रालय पाएको कांग्रेसले ७ मन्त्री नियुक्त गरेपछि बागमतीको १३ मन्त्रालयमा १४ मन्त्री बनका छन् । 


 

ADVADV

सम्बन्धित खबर

Advertise