२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

उदयपुरमा लागूऔषधसहित युवक पक्राउ

himalayanlife
बिन्द्र राई
२०८२ मंसिर २५ गते २१:०२
Shares
उदयपुरमा लागूऔषधसहित युवक पक्राउ

उदयपुर : उदयपुरमा प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–४ स्थित सुनकोशी पेट्रोलपम्प नजिकैबाट मरुवातर्फ जाँदै गरेको कोशी प्रदेश–०५–००२ प २४७३ नं.को मोटरसाइकललाई मंगलबार चेकजाँच गर्ने क्रममा एक युवकलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा कटारी नगरपालिकाका १९ वर्षीय रुस्तम तामाङ रहेका छन् । चेकजाँचकै क्रममा तामाङको साथबाट स्पास्पेन ५३ ट्याब्लेट, ओपो ट्याब ९ ट्याब्लेट र टापेन्टा ४८ ट्याब्लेट गरी कुल १ सय १० ट्याब्लेट प्रतिबन्धित लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ ।

तामाङसँगै मोटरसाइकल, ओनर कम्पनीको मोबाइल फोन एक थान समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर