२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

किशोर–किशोरीमैत्री सूचना कक्ष सुदृढीकरणका लागि कार्यशाला

shivam cement
सन्तोष पौडेल
२०८२ मंसिर २५ गते २१:५०
Shares
किशोर–किशोरीमैत्री सूचना कक्ष सुदृढीकरणका लागि कार्यशाला

बर्दिया : बर्दियाको गुलरियामा दुई दिने ‘किशोर–किशोरीमैत्री सूचना कक्ष सञ्चालन तथा व्यवस्थापन’ सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । गुलरिया नगरपालिकाको समन्वयमा युके एड र वाटर एडको सहयोग तथा नेपाल प्रजनन् स्याहार केन्द्र र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक साझेदारीमा वेस संस्थाद्वारा सञ्चालित वास गेन्स परियोजनाअन्तर्गत कार्यशाला आयोजना गरिएको हो ।

कार्यशालाको मुख्य उद्देश्य विद्यालयमा किशोर–किशोरीमैत्री सूचना कक्ष प्रभावकारी रूपमा सञ्चालन गर्ने र यसको दिगोपन सुनिश्चित गर्न शिक्षक तथा विद्यार्थीलाई आवश्यक ज्ञान, सीप र दक्षता प्रदान गर्नु रहेको आयोजकहरूले जानकारी दिएका छन् । 

कार्यशालामा सहभागी शिक्षकहरूलाई सूचना कक्षको लक्ष्य, दायरा र विद्यालयमा यसको आवश्यकता सम्बन्धी साझा बुझाइ विकास गराइएको थियो । यसका साथै मेन्स्ट्रुअल हेल्थ, किशोर–किशोरी यौन तथा प्रजनन् स्वास्थ्य, अधिकार, हिंसा रोकथाम र मानसिक स्वास्थ्य जस्ता संवेदनशील विषयमा खुला संवादको वातावरण निर्माण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

कार्यशालाले विद्यालयमा सूचना कक्षको भूमिकालाई स्पष्ट गर्दै नियमित सञ्चालनका लागि व्यावहारिक कार्ययोजना तयार गर्न शिक्षकहरूलाई मार्गदर्शन गरेको छ । किशोरी क्लब, चाइल्ड क्लब र पीयर समूहलाई सक्रिय बनाउँदै विद्यार्थी नेतृत्व विकासमा समेत योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

वास गेन्स परियोजना सञ्चालन भएका गुलरिया र मधुवन नगरपालिकाका ११ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र किशोर–किशोरीका प्रतिनिधि गरी ४४ जनाले कार्यशालामा सहभागिता जनाएका थिए ।

ताजा खबर

सम्बन्धित खबर