२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

मुटु रोग उपचार शिविरमा साढे चार सयको नि:शुल्क परीक्षण

shivam cement
२०८२ मंसिर २८ गते ११:३३
Shares
मुटु रोग उपचार शिविरमा साढे चार सयको नि:शुल्क परीक्षण

पर्वत : जिल्लाको कुश्मानगरपालिका-१२ ठुली पोखरीमा शनिबार सञ्चालित एक दिने मुटु रोग परीक्षण शिविरमा साढे चार सय जनाको परीक्षण गरिएको छ ।

कुश्मा आधारभूत अस्पताल ठुली पोखरीको आयोजना र सेभ द हार्ट तथा नेपाल कार्डियोको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा चार सय ५० जनाभन्दा बढीले परीक्षण गराएका हुन् । परीक्षण गरिएकामध्ये पाँच जनामा जटिल समस्या देखिएकाले शल्यक्रियाका लागि काठमाडौँ रेफर गरिएको कुश्मा नगरपालिका-१२ वडाध्यक्ष झलक रिमालले जानकारी दिए ।

आर्थिक अभावका कारण मुटुसम्बन्धी समस्या बल्झाएर बसेका ग्रामीण नागरिकको समस्यालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको शिविरमा कुश्मा, फलेवास नगरपालिका, मोदी गाउँपालिका र छिमकी जिल्ला स्याङ्जाका बिरामीसमेत सहभागी भएका थिए ।

शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा डा. सुमन अधिकारी, डा. सुतप यादव, बोधराज गौतमलगायतको टोलीले उपचार गरेको थियो । बिरामीलाई मुटुरोसम्बन्धी परामर्श र परीक्षण, नि:शुल्क इसिजी, इको रेडियोग्राफी र औषधिसमेत वितरण गरिएको थियो ।

लाखौँ रुपैयाँ खर्च गरेर उपचार गर्नुपर्ने बिरामीले नि:शुल्क सेवा पाउँदा ठूलो राहत मिलेको स्थानीय रमेश पौडेलले बताए । शिविरमा विशेष गरी विपन्न, दलित तथा वृद्ध वृद्धा लाभान्वित भएका उनले बताए । 

सम्बन्धित खबर