२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

shivam cement
२०८२ पुष १ गते १३:४८
Shares
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका–३ बस्ने गोरखा भिमसेननाथ गाउँपालिका–२ घर भएका ४३ वर्षीय खडानन्द लामिछाने रहेका  छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

लामिछानेले कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

सम्बन्धित खबर