२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

रोल्पाको परिवर्तनमा कपडा बैंक शुभारम्भ, तीन सय जनालाई निःशुल्क कपडा वितरण

shivam cement
सुर्य प्रकाश बुढा मगर
२०८२ पुष २ गते १८:४१
Shares
रोल्पाको परिवर्तनमा कपडा बैंक शुभारम्भ, तीन सय जनालाई निःशुल्क कपडा वितरण

रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिकाले कपडा बैंकको शुभारम्भ गर्दै करिब ३०० जनालाई निःशुल्क कपडा वितरण गरेको छ ।

सोमबार गाउँपालिकाको केन्द्र पुतलाचौरमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक, विपन्न परिवारका बालबालिका र महिलाहरूलाई लक्षित गरी कपडा वितरण गरिएको हो । कपडा बैंक नेपाल बुटवलको सहकार्य र परिवर्तन गाउँपालिकाको समन्वयमा यो कार्यक्रम सम्पन्न भएको हो ।

“आफ्नो घर, टोल र समाजलाई सफा राखौं, कोही कपडाविहीन नरहुन्” भन्ने मूल नाराका साथ कपडा बैंक स्थापना गरिएको हो ।

कार्यक्रम कपडा बैंकका सञ्चालक कमल जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो । परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष कलादेवी खत्री, प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसी विशिष्ट अतिथि थिए ।

यसैगरी, कपडा बैंक नेपालका सल्लाहकार तथा पत्रकार दिनेश घिमिरे, निवर्तमान उपाध्यक्ष हितकुमारी बुढा मगर, वडा नं. २ का अध्यक्ष हरिप्रसाद बुढा मगर, वडा नं. ५ का अध्यक्ष दिलबहादुर वली, वडा नं. ६ का अध्यक्ष भरतकुमार बुढा, नेपाली कांग्रेस गाउँपालिका सभापति खड्क घर्ती मगरलगायतको आतिथ्यता रहेको थियो ।

ज्येष्ठ नागरिक जमानसिंह ओली र धनसरी रोकालाई अध्यक्ष सुकबहादुर बुढा मगर, उपाध्यक्ष कलादेवी खत्री, प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसी, सञ्चालक कमल जिसी र सल्लाहकार दिनेश घिमिरेले संयुक्त रूपमा कपडा हस्तान्तरण गरेका थिए ।

कपडा प्राप्त गरेपछि ज्येष्ठ नागरिक जमानसिंह ओलीले निःशुल्क कपडा पाउँदा खुसी लागेको बताए ।

सम्बन्धित खबर