२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

shivam cement
बिन्द्र राई
२०८२ पुष २ गते २०:४१
Shares
ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

उदयपुर : उदयपुरमा कर्तव्य ज्यान मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका  १० माइती घर भइ विवाह गरी हाल जिल्ला सिन्धुली दुधौली नगरपालिका-७ डम्बर खाडी बस्ने वर्ष ३३ की मञ्जु खत्री कार्की रहेकी छन् । 

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका ४ तित्रिबोट उनलाई पक्राउ गरेको हो । कार्कीलाई फैसला कार्यान्वयनको लागि उदयपुर जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ  । उनलाई  जिल्ला अदालतको फैसलाले ५ महिना ३ दिन कैद र दश रुपैया जरिवाना तोकिएको थियो ।

सम्बन्धित खबर