२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

हजुरआमाको हत्या अभियोगमा नाती पक्राउ

shivam cement
२०८२ पुष ४ गते १३:४५
Shares
हजुरआमाको हत्या अभियोगमा नाती पक्राउ

कास्कीः हजुरआमाको हत्या गरेको अभियोगमा नाती पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३१ बेगनासगाउँ बस्ने २१ वर्षीय आशिष परियार रहेका छन् ।

उनले आफ्नै हजुरआमा ७२ वर्षीया दाल कुमारी परियारको हत्या गरेका हुन् । हत्या गरेको अभियोगमा परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

आशिषले कुटपिट गर्दा दाल कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ सिआरभि अमरसिंहबाट खटिएको प्रहरीले उनलाई पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर