२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बागमतीका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने

ADV
मध्यान्ह
२०८१ साउन १३ गते १३:०१
बागमतीका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ गते विश्वासको मत लिने भएका छन् । साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका उनले साउन १५ गते विश्वासको मत लिने भएका हुन् । 

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने व्यवस्थाअनुसार लामाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका हुन् ।

उनको पत्र अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरेका छन् । मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

नेपाली कांग्रेसको ३७ र एमालेको २७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका लामाले शनिवार १३ वटा मन्त्रालय रहेको बागमतीमा १४ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise