२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

आँखा शिविरमा ५ सय ७४ जनामा  भेटियो मोतियाबिन्दु

shivam cement
लालबाबु बानिया
२०८२ पुष ६ गते २१:३६
Shares
आँखा शिविरमा ५ सय ७४ जनामा  भेटियो मोतियाबिन्दु

पर्सा : पर्साको पोखरिया नगरपालिका–३, वसनपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । पोखरिया नगरपालिकाका १० वटै वडामा शिविर सञ्चालन गरिएको थियो । शिविरमा २ हजार ६ सय ३० जनाको आँखा परीक्षण गराएका छन् । उक्त शिविरबाट ५ सय ७४ जनामा मोतियाबिन्दु भएको पाइएको छ । 

लायन्स क्लब वीरगञ्ज परिवार, लायन्स क्लब वीरगञ्ज सेन्ट्रल सिटी तथा जोन चेयरपर्सन डा.लक्ष्मी थापाको सहयोगमा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर आयोजना गरिएको हो । 

राष्ट्रिय मुक्ति पार्टी नेपालका सह–महासचिव नेजामुद्दीन शमानी तथा नेपाली कांग्रेसकी नेत्री आशा देवीको पहलमा आयोजित शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र वीरगञ्ज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए ।

मोतियाविन्दुको यही पुस १७ गतेदेखि निःशुल्क शल्यक्रिया हुने लायन नरोत्तम पाण्डेयले जानकारी दिएका छन् । हरिन्द्र महतो केवटको अध्यक्षतामा सम्पन्न शिविरमा नेजामुद्दीन शमानी, आशा देवी, नन्दकिशोर चौहान तथा अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर