२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

लागूऔषधसहित चार जना पक्राउ

shivam cement
विनोद निगम
२०८२ पुष ८ गते २२:०३
Shares
लागूऔषधसहित चार जना पक्राउ

नवलपरासी पश्चिम : पश्चिम नवलपरासीमा लागूऔषध ओसारपसार तथा बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार साँझ परासी बजार आसपासबाट सुरु गरिएको अपरेशनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार रामग्राम नगरपालिका–१२ पचगावाबाट लु ७२ प २९१३ नम्बरको मोटरसाइकलमा सवार पाल्हीनन्दन गाउँपालिका–६ पडरी बस्ने ३० वर्षीय शहरेदिन अन्सारी जोलाहा र १९ वर्षीय कृष्णकुमार चौधरीलाई साँझ करिब ५ बजे पक्राउ गरिएको हो । उनीहरूको साथबाट डाईजेपाम १ सय ५० एम्पुल, फेनरागन १ सय ५० एम्पुल र बुप्रेनोर्फिन १ सय ५० एम्पुल बरामद गरिएको छ । 

थप अनुसन्धानबाट प्राप्त सूचनाका आधारमा सोही दिन साँझ करिब ७ बजे पाल्हीनन्दन गाउँपालिका–४ लोकपुरवा नजिक नहरछेउमा भारत उत्तर प्रदेशको महाराजगंज जिल्लाका २७ वर्षीय ईरसाद अली र २४ वर्षीय नवि रसुल सवार युपी ५६ बीई ५५३७ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा बोरामा राखिएको ठूलो परिमाणको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलबाट डाईजेपाम १ हजार ४ सय ९४ एम्पुल, फेनरागन १ हजार ४ सय ९८ एम्पुल, बुप्रेनोर्फिन १ हजार ४ सय ९१ एम्पुल तथा नगद ४० हजार रुपैयाँ बरामद गरिएको छ ।

यसै क्रममा शहरेदिन अन्सारी जोलाहाको घर (पाल्हीनन्दन–६ पडरी) को माथिल्लो तलामा गरिएको रीतपूर्वक खानतलासीका क्रममा झोलाभित्र लुकाइछिपाइ राखिएको थप डाईजेपाम ४ सय ४३ एम्पुल, फेनरागन ४ सय ४३ एम्पुल र बुप्रेनोर्फिन ४ सय ५३ एम्पुल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चारै जनाबाट कुल जम्मा डाईजेपाम २ हजार ८७ एम्पुल, फेनरागन २ हजार ९१ एम्पुल र बुप्रेनोर्फिन २ हजार ९४ एम्पुल गरी ६ हजार २ सय ७२ एम्पुल लागूऔषध, दुई थान मोटरसाइकल तथा नगद ४० हजार रुपैयाँ नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेकाहरूलाई नवलपरासी जिल्ला अदालतबाट सोमबारदेखि लागु हुने गरी १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

सम्बन्धित खबर