२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

सत्यवादी माविको अक्षयकोषमा ५० हजार सहयोग

shivam cement
२०८२ पुष ८ गते २२:०६
Shares
सत्यवादी माविको अक्षयकोषमा ५० हजार सहयोग

बझाङ : भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङमा सवारी चालकका रूपमा कार्यरत तिलक बम्मले सत्यवादी माध्यमिक विद्यालय, भोपुरमा अध्ययनरत अनाथ विद्यार्थीहरूको सहयोगका लागि ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । मंगलबार विद्यालयको १२०औं वार्षिकोत्सवको अवसरमा बम्मले उक्त रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

विद्यालयमा अनाथ तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले अक्षकोषका लागि सहयोग गरेको उनले बताए । बम्मले भने, ‘मैले पनि पठनपाठनका लागि दुःख पाएकाले शिक्षा सबैका लागि पहुँचयोग्य हुनुपर्छ । अनाथ विद्यार्थीहरूलाई सानो सहयोगले पनि ठूलो हौसला मिल्छ भनेर सानो सहयोग गरेको छु ।’ साथै बमले सबैलाईलाई सक्दो सहयोग गर्न अपिल गरेका छन् ।

सत्यवादी माध्यमिक विद्यालयको वार्षिकोत्सव मंगलबारदेखि विभिन्न कार्यक्रमसहित सुरु भएको छ । सो अवसरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र खड्काले बमको सहयोगलाई प्रेरणादायी भन्दै धन्यवाद व्यक्त गरेका छन् । मनकारी व्यक्तिबाट आएको सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको अध्यक्ष खड्काको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक खगेन्द्रप्रसाद जोशीले पनि बम्मको योगदानको प्रशंसा गर्दै अनाथ विद्यार्थीहरूको भविष्य सुरक्षित गर्न कोषका लागि गरेको सहयोगले विद्यार्थीहरूको लागि महत्वपूर्ण आधार बन्ने बताए । उनले यस्ता सहयोगले विद्यार्थीहरूमा पढाइप्रति उत्साह थपिने बताएका छन् । 

विद्यालय प्रशासनका अनुसार सहयोग रकम अनाथ तथा विपन्न विद्यार्थीहरूको शैक्षिक सामग्री, पोशाकमा खर्च गरिने भएको छ ।

सम्बन्धित खबर