२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

७ महिनामै जन्मिएको कम तौलका शिशुको सफल उपचार

shivam cement
२०८२ पुष ९ गते २०:४६
Shares
७ महिनामै जन्मिएको कम तौलका शिशुको सफल उपचार

संखुवासभा : जिल्ला अस्पताल संखुवासभामा समयपूर्व ७ महिनामै जन्मिएका १७ सय ५० ग्राम तौलको नवजात शिशुको इन्क्युबेटरमा राखेर पहिलो पटक सफल उपचार भएको छ । जन्मिएको केही दिनमै तौल घटेर १५ सय ग्राम पुगेको शिशुलाई थप उपचारका लागि नोबेल मेडिकल कलेज पठाइएको थियो ।

नोबेल मेडिकल कलेजमा ७ दिनसम्म उपचार गराएर फर्काइएका शिशुलाई जिल्ला अस्पताल संखुवासभामा अत्याधुनिक इन्क्युबेटरमार्फत उपचार सुरु गरिएको थियो । इन्क्युबेटरमा राखेर निरन्तर उपचारपछि शिशुको स्वास्थ्यमा उल्लेखनीय सुधार आउँदै तौल बढेर १९ सय ग्राम पुगेको छ ।

उक्त शिशु सभापोखरी १ धुपुकी १७ वर्षीया प्रविना लिम्बुले मंसिर ८ गते जन्माएकी थिइन् ।  जन्मिँदै श्वासप्रश्वासमा समस्या देखिएपछि शिशुलाई ५ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । त्यसपछि १८ दिनसम्म एनआईसीयूमा निगरानीमा राखी उपचार गरिएको बालरोग विशेषज्ञ डा.शान्ति शिवाकोटीले जानकारी दिइन् ।

झण्डै एक महिनासम्मको सघन उपचारपछि बुधबार आमा र शिशु दुवैको स्वास्थ्य अवस्थामा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । नर्सिङ ट्रस्ट यूकेले करिब एक महिना अघि मात्र जिल्ला अस्पताल संखुवासभालाई दुई वटा अत्याधुनिक इन्क्युबेटर हस्तान्तरण गरेको थियो । समयपूर्व जन्मिने नवजात शिशुलाई सुरक्षित वातावरणमा राखी उपचार गर्न इन्क्युबेटर अत्यावश्यक हुने भएकाले यसले अस्पतालको नवजात सेवा क्षमतामा महत्वपूर्ण टेवा पुर्‍याएको अस्पताल प्रमुख डा.सन्तोष देवले बताए ।

सम्बन्धित खबर