२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

रौतहट बुहारी हत्या प्रकरणः ससुरा र दाजु पुर्पक्षका लागि कारागार चलान

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ पुष ९ गते २१:३७
Shares
रौतहट बुहारी हत्या प्रकरणः ससुरा र दाजु पुर्पक्षका लागि कारागार चलान

रौतहट : रौतहटमा आफ्नै बुहारीको हत्या गरी घरभित्रै गाडेको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । अदालतले १८ वर्षीया तहरिमा खातुनको हत्यामा संलग्न रहेको ठहर गर्दै उनका ससुरा र सहोदर दाजुलाई जेल पठाउन आदेश दिएको हो । 

घटना वृन्दावन नगरपालिका वडा नम्बर–९, भुसहा टोलमा भएको थियो । मृतक १८ वर्षीया तहरिमा खातुन विगत केही समयदेखि घरपरिवारबाटै शारीरिक तथा मानसिक यातनाको सिकार हुँदै आएकी थिइन् । गत मंसिर ८ गते रातिदेखि उनी बेपत्ता भएपछि उनका पिताले गुजरा नगरपालिका–७ प्रहरी चौकीमा मौखिक जानकारी दिएका थिए ।

सूचना पाएलगत्तै प्रहरी टोली मृतकको घरमा पुगेको थियो । घरमा परिवारका सदस्य नभएका र घर रित्तो देखिएका कारण प्रहरीले खानतलासी गर्दा घरको एउटा कोठाको भुइँमा रगतको दाग फेला परेको थियो । थप अनुसन्धान गर्दा घरकै कम्पाउण्डमा रहेको एउटा कोठामा भुसको थुप्रो हटाउँदा जमिन भासिएको देखियो । उत्खनन् गर्दा करिब ५ फिट गहिरो खाल्डोमा बोरामा पोको पारिएको अवस्थामा मृतकको शव फेला परेको थियो ।

प्रहरीले मृतकका ७५ वर्षीय ससुरा शेख महमद अली र सहोदर दाजु शेख आश महमदलाई मंसिर १० गते पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा प्रतिवादीहरूलाई पेश गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पुस ८ गते मंगलबार भएको थुनछेक बहसपछि अदालतले दुवै प्रतिवादीलाई मुद्दाको अन्तिम फैसला नलागुन्जेलसम्म पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । 

सम्बन्धित खबर