२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

उदयपुरमा जंगली हात्ती गाउँ पस्दा १२ घरधुरीमा क्षति

shivam cement
बिन्द्र राई
२०८२ पुष १० गते २०:४८
Shares
उदयपुरमा जंगली हात्ती गाउँ पस्दा १२ घरधुरीमा क्षति

उदयपुर : उदयपुरमा जंगली हात्तीको बथान गाउँ पस्दा १२ घरधुरीमा क्षति पुगेको छ । पुस ७ र ९ गते त्रियुगा नगरपालिका अन्तर्गतका विभिन्न वडामा जंगलबाट आएका जंगली हात्तीहरूले स्थानीयवासीका घर तथा भान्साघरमा तोडफोड गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका वडा नम्बर ५ बेलचौरी, वडा नम्बर ६ मोहनपुर तथा वडा नम्बर ७ चकलघाट क्षेत्रमा हात्तीको बथान प्रवेश गरी घर, भान्साघर भत्काउनुका साथै अन्नपात र खानेपानीका पाइपसमेत नष्ट गरेको छ । उक्त घटनाबाट करिब १ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

हात्तीको आक्रमणपछि स्थानीयवासीहरू त्रसित बनेका छन् । वन क्षेत्र नजिकका बस्तीमा जंगली जनावरको जोखिम बढ्दै गएपछि सुरक्षाका लागि सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने माग स्थानीयवासीले गरेका छन् । जिल्ला प्रशासन र प्रहरीको टोलीले घटनाबारे थप अनुगमन तथा क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर