२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

अवैध लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

shivam cement
२०८२ पुष ११ गते १५:०१
Shares
अवैध लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

सुर्खेतः भेरीगंगा नगरपालिका–१२ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ४० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका–३ बस्ने २२ वर्षीय प्रेम परियार रहेका छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर