२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कपिलवस्तुमा लुम्बिनी नेत्रालय भैरहवा शाखा सञ्चालन 

shivam cement
शहबाज खान
२०८२ पुष १२ गते १६:२८
Shares
कपिलवस्तुमा लुम्बिनी नेत्रालय भैरहवा शाखा सञ्चालन 

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरमा लुम्बिनी नेत्रालय भैरहवा शाखा शनिबारदेखि सञ्चालनमा आएको छ । नगरपालिकामा स्थापना गरिएको उक्त शाखाको उद्घाटन डा. अनवर अहमद खाँले गरेका हुन् ।

शनिबारदेखि सञ्चालनमा आएको उक्त नेत्रालयमा भैरहवास्थित लुम्बिनी नेत्रालय तथा छन्द (काले बाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जका अनुभवी नेत्र विशेषज्ञहरूको टोलीद्वारा विशिष्टीकृत आँखा उपचार सेवा सुरु गरिएको हो । 

भिट्रियो रेटिना, कोर्निया र ग्लुकोमा क्लिनिकका साथै अत्याधुनिक टोपिकल फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया, लेजर तथा अन्य सर्जरी सेवा प्रदान गरिने नेत्रालयले जनाएको छ । 

स्थापनाको अवसरमा निःशुल्क आँखा जाँच, डायग्नोस्टिक सेवामा ५० प्रतिशत छुट तथा एडभान्स फेको प्रविधिबाट गरिने मोतियाबिन्दुको अपरेशनमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यो सुविधा पुस १२, १३ र १४ गतेसम्म लागू हुने जनाइएको छ ।

सम्बन्धित खबर