२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

उदयपुरमा ठुलो परिमाणको गाँजासहित दुई जना पक्राउ

shivam cement
बिन्द्र राई
२०८२ पुष १२ गते २०:४५
Shares
उदयपुरमा ठुलो परिमाणको गाँजासहित दुई जना पक्राउ

उदयपुर : उदयपुरमा ठुलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेल्टार र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पुस १२ गते राति करिब ३ बजेको समयमा चौदण्डीगढी नगरपालिका–३ पैँतालीस चोकबाट ७ सय ६३ केजी ७६ ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार विशेष सूचनाको आधारमा रामपुरबाट गाईघाटतर्फ आउँदै गरेको को १ ज ३४५६ नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो । 

पक्राउ पर्नेमा बोलेरो चालक बेलका नगरपालिका–६ निवासी अन्दाजी २३ वर्षीय रविन राई र सोही नगरपालिकाको वडा नं. ९ निवासी अन्दाजी २८ वर्षीय रामबहादुर राई रहेका छन् ।

बरामद गरिएको गाँजा र बोलेरो गाडीसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित खबर