२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

सिरहामा गाँजा खेती फँडानी

shivam cement
मनु यादव निरज
२०८२ पुष १२ गते २०:५०
Shares
सिरहामा गाँजा खेती फँडानी

सिरहा : सिरहाको कल्याणपुर नगरपालिका–९ रुदलपुर टोलमा अवैध रूपमा गरिएको गाँजा खेती प्रहरीले फँडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय मिर्चैया, इलाका प्रहरी कार्यालय कल्याणपुर तथा लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार बिहान उक्त कार्यवाही गरेको हो ।

प्रहरीका अनुसार खेतबारी तथा घरआँगनमा करिब ८/९ कट्ठा क्षेत्रफलमा फैलाएर लगाइएको गाँजाका बोटहरू फँडानी गरिएको हो । फँडानीपछि स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको रोहबरमा संकलित गाँजाका बोटहरू स्थलमै आगो लगाई नष्ट गरिएको प्रहरीले जनाएको छ ।

कार्यवाहीका क्रममा कसैलाई पनि पक्राउ नगरिएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । प्रदेशभर लागुऔषध दुव्र्यसन तथा अवैध खेती नियन्त्रणका लागि अभियानात्मक रूपमा निगरानी र कारबाही तीव्र पारिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर