२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक : बिहीबार बैठक बसेर टुंग्याइने

shivam cement
२०८१ साउन १४ गते ११:०३
Shares
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक : बिहीबार बैठक बसेर  टुंग्याइने

काठमाडौँ : संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमति नजिक पुगेको छ । सोमबार बिहान सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको हो । 

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषय टुंगो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकाय बैठकमा सहभागी भएका थिए । 

नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा संयन्त्रमा छन् । 

बैठक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी र महान्याधिवक्ता रमेश बडाललगायतको सहभागिता थियो ।

१८ वर्षदेखि विभिन्न हिसाबले उतारचढावमा रहेको, टुंगोमा पुग्न नसकेको, पीडितले न्याय पाउन नसकेको अवस्थालाई लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य गर्ने कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताए । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कानुनलाई चाँडो टुंग्याएर ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेको बताए । उनले कार्यदलको बैठक बिहीबार बिहान ८ बजे पुनः बस्ने बताएका छन् । 


 

सम्बन्धित खबर