२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक १६ गते बस्ने

ADV
मध्यान्ह
२०८१ साउन १४ गते ११:४२
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक १६ गते बस्ने

काठमाडौं : नेकपा एकीकृत समाजवादीको पूर्वनिधारित केन्द्रीय कमिटीको बैठक सरेको छ । साउन १४ गते बोलाइएको केन्द्रीय कमिटीको बैठक तयारी नपुगेका कारण साउन १६ गतेका लागि सारिएको बताइएको छ ।

एकीकृत समाजवादीले रिक्त केन्द्रीय सदस्य थप्न र पदाधिकारी छनोटबारे छलफल गर्न  बैठक बोलाएको हो । एकीकृत समाजवादीमा केन्द्रीय सदस्य ३ सय २९ जना हुने व्यवस्था छ । असार दोस्रो साता गरिएको १०औं महाधिवेनले त्यसमध्ये ९३ जना केन्द्रीय सदस्य मात्रै तोकेको छ । बाँकी २ सय ६ जना केन्द्रीय सदस्य छान्न बाँकी छ ।

बैठकमा सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुनेछ ।

समाजवादीको केन्द्रीय पदाधिकारी २१ सदस्य हुने व्यवस्था छ । महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महसचिव मात्रै तोकेको छ । अन्य पदाधिकारी टुंग्याउन बाँकी छ । बैठकमा त्यसबारे समेत छलफल हुने बताइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise