
तनहुँ : तनहुँको भानु नगरपालिका–९, खहरेस्थित श्री मर्स्याङ्दी आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका ३० जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
लायन्स क्लब अफ काठमाडौं नेपालय र लायन्स/लियो क्लब अफ काठमाडौं गुणकेशरीको संयुक्त सहयोगमा विद्यार्थीहरूलाई स्वेटर, ट्र्याकसुट, जुत्ता, मोजालगायत न्यानो कपडासँगै ब्याग, कापी र पेन्सिलजस्ता शैक्षिक सामग्री वितरण गरिएको हो ।
लायन्स क्लब अफ काठमाडौं नेपालयका अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेसनल ३२५ एल का डिस्ट्रिक्ट गभर्नर एकनारायण शर्मा रहेका थिए । कार्यक्रममा भानु नगरपालिका–९ का वडा अध्यक्ष मिनबहादुर गुरुङ, वडा सदस्य कृष्णराज धमन्या तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुद्रनिधि भण्डारी विशेष अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा लायन्स इन्टरनेसनल ३२५ एलका भाइस डिस्ट्रिक्ट गभर्नर तेजनारायण पराजुली, डिस्ट्रिक्ट सचिव सुजित हिराचन, जोइन्ट चिफ एडभाइजर तथा लायन्स क्लब अफ काठमाडौं नेपालयका संस्थापक अध्यक्ष सुधीर शर्मा, जोइन्ट चिफ एडभाइजरहरू मनकृष्ण श्रेष्ठ, अमृत बराल र सुरेन्द्र पौडेल, डेपुटी डिपार्टमेन्ट चिफ अमित थापालगायतको उपस्थिति थियो ।
त्यसैगरी लायन्स क्लब अफ काठमाडौं नेपालयका अग्रज लायन्स लिडर किरण श्रेष्ठ, भाइस प्रेसिडेन्ट लक्ष्मण सिलवाल, लायन्स क्लब अफ काठमाडौं गुणकेशरीकी संस्थापक अध्यक्ष सुजिता गजमेर, रिजन चेयरपर्सन लक्ष्मी शर्मा, लियो क्लब अफ काठमाडौं नेपालयकी अध्यक्ष सुस्मिता भण्डारी, लियो डिस्ट्रिक्ट रिजन कोअर्डिनेटर रितु डंगोल, लियो पास्ट प्रेसिडेन्ट सम्पदा सिलवाल, कोषाध्यक्ष अपेक्षा पाण्डे तथा लियो सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले ग्रामीण भेगका विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित यस्ता सहयोग कार्यक्रमले शैक्षिक वातावरण सुधारमा टेवा पुग्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
